
बिदेशी विद्यार्थीलाई कोरिया प्रवेशमा रोक
- 10shares
- Share
- Tweet
- Viber
- Facebook Messenger
काठमाडौं/१५ दक्षिण कोरियाले अध्ययन गर्न आउने बिदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा डेल्टा भेरियन्ट सहित कोभिड संक्रमण दर उच्च भएपछी मन्त्रालयले यस्तो सुझाव दिएको हो ।
शिक्षा मन्त्रालयले आगामी सेप्टेम्बरबाट कलेजहरुमा दोस्रो सेमेस्टर शुरु हुने भएतापनि डेल्टा भेरियन्ट सहित कोभिड १९ संक्रमणको दर उच्च रहेका २६ देश बाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो ।
मन्त्रालयका अनुसार पहिलो सेमेस्टरको लागी ३३ हजार ८ सय २६ बिदेशी बिधार्थी कोरिया प्रवेश गरेका छन् यो २०१९ को तुलनामा ८२ प्रतिशत कम हो | प्रवेश गरेका मध्ये हाल सम्म २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भैसकेको छ ।